२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दोहोरी गायिका जेरी र शंकर क्षेत्रीबीच सम्बन्ध बिच्छेद

बिहिवार , कार्तिक २४, २०७९


काठमाडौँ, कात्तिक । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
सम्बन्ध विच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।बच्चाको लालन पालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको  जनाइएको छ । 
शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन तर वैचारिक मतभिन्नता भए पछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’
जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार