डिल्ली बजारको चारखाल अड्डामा लेखनदासको रूपमा काम सुरू गरेका रामशंकर थपलिया आजकाल पुतलीसडकका मसहुर वकिल कुमुद शर्माको क़ानूनी सेवा केन्द्रमा विभिन्न मुद्दा मामिलाका प्रारंम्भिक कार्यको जिम्मा बहन गर्छन् ।आफुले पढ्न नपाएर गतिलो काम नभेटेपछि अड्डा धाई धाईं निजामती काम सिकेका रामशंकरको एउटै 'अर्जुन दृष्टि' थियो उनको छोरा निरन्जनप्रति।
कुमुद सरको नाम र व्यवसाय शहरमा निकै चलेको र प्रतिष्ठित भएकाले मुद्दा मामिला र झगडियाहरुको कमी थिएन। यस अर्थले रामशंकरको कमाइ पनि गतिलो थियो । बिसौं वर्ष घोटिएर भए पनि चार कोठाको सानो तिनों बासको भर थियो । छोरा सानैदेखि तीक्ष्ण बुद्धिको थियो । आफ्नै इच्छाले क़ानूनको अध्ययन गर्दै बि एल पढ्दै थियो । छोराको प्रगति र लगन देखेर रामशंकर निकै सन्तुष्ट थिए र छोरालाई एक दिन देशको न्यायाधीश भएको हेर्न चाहन्थे ।
यस प्रकार बितेको समयको ख़्याल नगर्दै छोराले कानुनमा स्नातक 'बीएल' उत्कृष्ट स्थान ल्याएर पास गरेकाले रामशंकर अति प्रसन्न पनि थिए !“ “ रामशंकर जी तपॉईलाई 'कुमुद सर' ले भित्र बोलाउनु भा छ “ ? यसरी बिरलै बोलावट हुन्थ्यो ! आज के त्यस्तो परेछ हाकिम लाई ? यिन्ले बुझ्न सकेनन् ! केही गल्ती पो भएछ कि र? गरूंगो मन लिएर हाकिमको कोठाभित्र पसे । “ रामशंकर जी बस्नुस ! “ हातले अगाडि़को सोफातिर इशारा गर्दै कुमुद शर्माले शिष्टता देखाए । उनको प्रसन्न र शालिन व्यवहार रामशंकरका लागि नौलो थियो तापनिी नमस्ते गरेर अदबका साथ बसे, भने, “ आराम हुनुहुन्छ ? “
ठिक छु हजुर, “ रामशंकरले शिष्टता देखाए। "
“ अं त तपाईंको छोरा सर्वोत्कृष्ट नम्बर ल्याएर बीएल उत्तीर्ण भए रे हैन ?" “ हो हजुर” रामशंकरले नम्र भएर भने ।” त्यै त ! बिलक्षण प्र! शंकरदेव क्याम्पस का सबै प्रोफ़ेसरहरु गर्व गर्दै त्यसै भन्छन् । “
“ खै म के भनुं हजुर !“
“ किन र ? तपाईं पनि गर्व गर्नुस न १ यो त सत्य हो नि ! “
हाकिम अझै उन्को परीक्षा लिदै थिए।तर रामशंकर संयमित थिए। केही नबोली
बसेका रामशंकरले सुनें मात्र ।
“ हेर्नुस मसंग एउटा योजना छ तपाईंको छोराका लागि “ हाकिम" भन्दै गए तर उनी
चुप लागी रहे ।
“ मास्टर डिग्रीको अध्ययनसम्म हामी तपाईको छोरालाई विशेष छात्रवृत्ति दिन्छौं र पि.एच.डी. अध्ययनका लागि युरोप पठाउंछौं के भन्नुहुन्छ ? “
अब आएर हाकिम गम्भीर थिए। अप्रत्याशित र अनौठो प्रस्तावको तुरन्त कुनै निर्णय लिन नसकेर अक्क न बक्क भएका रामशंकरलाई कुमुद शर्माले अर्कों प्रलोभन थपे ।
“हेर्नुस रामशंकर जी म एउटा पेशामा बसेको व्यक्ति हुं ! बिना मेरो फ़ाइदाको कुनै काम मबाट हुंदैन । मैले तपाईंको छोराको योग्यतामा हाम्रो भविष्यको फाईदा देखेको छु, “ उनी अब प्रश्ट भए।"
“म छोरासँग कुरा गरेर हजुरलाई खबर गर्ने छु !“
रामशंकरले तत्काल यती मात्र भन्नसके ।
घर पुगेर छोरासँग सल्लाह गरेपनि अनिर्णयमा पुगेका रामशंकर छोराको पुर्ण सहमतिमा त्यती संतुष्ट थिएनन् । सोच्न थाले पढाई पछि खुरू खुरू वकालत गरेर अनुभव लिंई न्यायालयमा जान पर्नेमा कताबाट यो बिदेश र प.एच.डी. को अत्तो आईलाग्यो । तर छोराको पनी सहमति र प्रसन्न भएकाले बेसै होला भनी चित्त बुझाएर रामशंकर बस्न सके । दुई वर्ष कसरी बित्यो पत्तै पाएनन् । छोराले विशेष छात्रवृत्तिको उच्च सदुपयोग गर्दै फेरी सर्वश्रेष्ठ स्थान ल्याएर रामशंकरलाई 'गर्व' को अनुभव गराएता पनि उनी अझै अन्योलमा थिए।
हाकिमले ठिक समयमा बोलाएर छोरालाई पि.एच.डी. को लागि आवश्यक कार्य र पुर्वाधारको आदेश दिए । आफ्नो छोरो ख़ुशी ख़ुशी उच्च अध्ययनका लागि युरोप जान लाग्दा प्रसन्नता देखाउन बाध्य भएका रामशंकर भित्रभित्र निकै असमंजसमा थिए ।
निरन्जन हंगेरी पुगेको पनि वर्ष दिन बितिसकेको थियो । सुरू सुरूमा हरेक दिन फ़ोन गर्ने छोराले अब १५ दिन, एक महिनामा फोन गर्दा पनि खुशीले गर्वको अनुभव गर्थे रामशंकर । अली कम्जोर स्वास्थ्य भएको पत्नी लाई ख़ुशी पार्न उनी अली थपथाप पारेर समाचार सुनाउथे ।
“ छोरा सारै नै सुखसँग बसिरहेको रहेछ हंगेरीमा ! काममा निकै प्रगति गरेर उस्ले युरोपियनभन्दा पनि उत्कृष्ट नतिजा ल्याएर नाम कमाएको छ रे ! “
पत्नीले मलिन हॉसो ले प्रश्न गरिन् ।
“अनी कहिले फर्कन्छ रे ? “
पत्नीको प्रश्नको उत्तर दिन नसकेका रामशंकर, “ आईहाल्छ नि काम को टुंगो लागेपछी ! “ भनेर कतै आफैलाई सांत्वना दिईरहेका ! “ सान्द्रा को यो प्रायःजसो सुमधुर र शिष्टाचार पुर्ण सम्बोधन ले परिचित निरन्जन थपलीया एक प्रकार ले भाव विभोर हुन्थे ।
“हलो सान्द्रा हाउ आर यु ! “ यतीभन्दा पनि उनी रातो मुख पार्थे ।
निरन्जनले पि.एच.डी. गर्नको लागि आएको विश्वविद्यालय एक ख्याति प्राप्त अन्तर्राष्ट्रीय बौद्धिक व्यक्तित्वको संग्रहालय नै थियो । संसार भरी नाम फैलिएको यस विश्वविद्यालयको विशेषता यो थियो कि योसँग संसारका उच्चतम क्षमतावान विलक्षण प्रतिभाहरू आबद्ध थिए । यस्ले आफ्नो सञ्जालमा तिक्ष्ण मस्तिष्क भएका युवाको खोजी गरी तिनीहरूलाई आफ्नो अनुकूल बनाई उत्पादन गर्दथै र संसार का धेरै जसो विकसित राष्ट्रहरुसंग, “ थिंक ट्यांक“ को रूपमा महंगो शुल्क लिएर सहकार्य गर्दथे ।
“ सान्द्रा यस विश्वविद्यालयमा एक दशकदेखि प्रशासनमा आबद्ध थिईन र निरन्जनप्रति यिनको व्यवहार विशेष अनुरागपुर्ण थियो । बितेको एक वर्षमा धेरै पटक साथ सहयोग दिएर निरन्जनलाई कृतज्ञतामा राखेर आफ्नो बनाएकी थिईन् सान्द्रा ले ।
हाई, हल्लो र प्रतिदिनको भेट कसरी कुन बेला अनुरागबाट प्रेममा परिणत भयो त्यो दुवैलाई थाहा भएन । अब निरन्जन र सान्द्रा को नितान्त व्यक्तिगत समय धेरैजसो क्लव, पार्क र थिएटरमा बित्न थाल्यो ।अब घरमा उस्ले दुई तीन महिनामा केही बेर समय निकालेर फ़ोन गरेको पनि स्वाभाविक भनी सोच्न थाल्यो ।
“ चारवर्ष भैसक्यो छोरा विदेश गएको , कति पढेको होला, यता आमा बाबु के गरिबसेका होलान पीर पनि लाग्दैन कि, कैले आउने होला ! “ लामों सुस्केरा तानेर रामशंकरले पटक पटक महिना र सालको क्यालेण्डर हेर्दै गरेको पनि धेरै भैसकेको थियो ।
यत्तीकैमा बजेको टेलिीफोनको आवाजले तन्द्राबाट ब्यूझेका रामशंकरलाई टाठो बनायो ।
“ हलो बुबा म निरन्जन ! ढोंग गरें ! “
“ ल बाबु हाम्रो आशीर्वाद छ ! संचै छौ ? “
“ सबै ठिक छ बुबा ! मेरो पि।एच।डी। को अध्ययन सकियो र मैले नयॉ कामको नियुक्ति पनि लिए ! एकदम राम्रो अफ़र आयो नाई भन्न नै सकिन ! यस्तो मौक़ा कमै ऑउछ रे सान्द्रा ले भनेको ! हाललाई पॉच वर्षको अनुबंध गरेको छु! अब अर्कों सालसम्म त हजुरहरूलाई पनि बोलाउने बन्दोबस्त गर्छु नी ! यता हजुरको हुनेवाला बुहारीले पनि भेंटन खोजेकी छ। म चॉडै नै हजुरहरूको लागि टिकट पठाउंछु हुन्न र ? “
छोरा के के भन्दै थियो कुन्नी रामशंकरले अनायास फोन राखीदिए र टोलाउन थाले। उनले माहाभारतको गुरु द्रोणाचार्यलाई सम्झे । शस्त्र विद्याको क्रममा लिएको परीक्षामा केवल अर्जुनको उत्तर र 'दृष्टि' बाट मात्र सन्तुष्ट भएर द्रोणाचार्यले उनलाई बॉण छोड़ने आदेश दिएका थिए । एउटा ठुलो वृक्षमा राखेको सानो पक्षीको नेत्र भेदन भएको थियो । यस्तै 'अर्जुन दृष्टि' रामशंकरले पनि छोरा निरन्जनमा त राखे तर उनकोभन्दा अरू धेरैको दृष्टि मज़बूत रह्यो ।तिनीहरूमार्फ़त समयको बॉण को प्रहार ले रामशंकर स्वयं घायल भए..........।