गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका छन ।
सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो ।
एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताए । एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो ।रेका छन ।
म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्यौँ, सँगसँगै हिँडेको बाटै मोड्यौँ’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।
बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’मार्फत् सार्वजनिक भएको हो ।
हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन ।