२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘गायनमा निरन्तरता दिँदै अभिनयमा मेहनत गर्छु’ : तोप्देन

शुक्रवार , आश्विन २१, २०७९


भर गीतहरूमार्फत गायनमा पहिचान बनाएका सोनाम तोप्देनले ‘सम्हालिन्छ कहिले मन’ मार्फत अभिनयमा ‘डेब्यु’ गरेका छन । आफ्नै गीतको भिडियोमा फाट्टफुट्ट देखिएका सोनामलाई अभिनयमा करिअर बनाउने इच्छा छ । “मैले फिल्ममा काम गरिसकेपछि अभिनयको कक्षा पनि लिएँ । म अभिनयप्रति गम्भीर छु”, उनले भने । उनलाई फिल्मको अफर आउँदा अभिनेताका लागि भन्ने लागेको थिएन । गायनमा लोकप्रियताको उकालो यात्रामा रहेका सोनाम डेब्युपश्चात् अन्य प्रोजेक्टमा काम गर्ने तयारीमा छन । 
“अभिनयमा मेहनत गर्छु र गायनलाई पनि निरन्तरता दिन्छु । किनकि दुवै मेरो दुई खुट्टा जस्तै हुन् । म दुवै बिना यात्रा गर्न सक्दिन”, अभिनेता तोप्देनले भने ।  नाट्यकर्मी अनुप बरालसँग अभिनयको कक्षा लिएपछि चरित्रलाई बुझ्न मद्दत पुगेको उनी बताउँछन । 
कन्टेनसँगै मेकिङ बलियो भएमात्र दर्शकले इन्जोय गर्ने उनको बुझाइ छ । “हामी इमान्दार बन्न सक्नुपर्छ । अनेस्ट भएमात्र राम्रो कलाकारिता देखाउन सकिन्छ । मैले बुझेको यही हुँ,” अभिनेता तोप्देनले भने  ।

उनले नेपालीसँगै हिन्दी भाषाको गीतहरूको कभर भिडियो बनाएका छन ।  नेपाली गायनमा ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘तिम्रो घरको वरिपरि’ मार्फत डेब्यु गरेका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार