२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : 'देशभर २९९ काेराेना सङ्क्रमित थपिए'

शनिवार , भाद्र ४, २०७९


काठमाडौँ, भदौ । देशभर आज  २९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार  ३३७ परीक्षण गरिएको थियो । योसँगै हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार छ सय २५ पुगेको छ । 
आज पाँच सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । हालसम्म ११ हजार नौ सय ९२ जनाको सङ्क्रमणबाट निधन भएको छ ।
 
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

होम आइसोलेशनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्षमा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा १८ हजार छ सय ७० ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार