२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तीज गीत सार्वजनिक :  “ त्यो सेरोफेरो माइती घर मेरो ”

मंगलवार , श्रावण १०, २०७९



गण्डकी,  साउन । तीज नजिकिँदै गर्दा तीजको मौलिकता झल्काउने ‘त्यो सेरोफेरो माइती घर मेरो’ गीत बजारमा आएको छ । कलाकार वसन्त थापा र जीवन सिग्देलको शब्दमा रहेको गीतमा वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटिएको छ । 
चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषय वस्तुमा दिदी बहिनी र भाइको वार्तालापलाई  गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
वसन्त थापाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा निशा केसी, विन्दु पौडेल, आवृत्ति भुसाल र विजय केसीको स्वर एवं वसन्त थापाको सङ्गीत र विनोद बाजुरालीको सङ्गीत संयोजन छ ।
गीतको म्यूजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, विना विश्वकर्मा, लोमस शर्मालगायतको अभिनय छ । दिलीप हमालद्वारा निर्मित म्यूजिक भिडियोलाई दीपक एम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गर्नुभएको छ ।
आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा ‘त्यो सेरोफेरो माइती घर मेरो’ ल्याइएको कलाकार बसन्त थापाले बताएका छन ।  सार्वजनिक गीतबाट दर्शक÷स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार