२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम प्रदेश 

भूस्वर्गका नामले परिचित खप्तड :  'राष्ट्रिय -अन्तर्राष्ट्रिय चलचित्र  चलचित्र सुटिङ स्थल बनाइने, चलचित्र निर्माता आमन्त्रण गरीदै '

शनिवार , आषाढ २५, २०७९

 

डोटी,  असार । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौबुँदे प्रतिबद्धता जारी गरिएको छ ।  खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य सङ्घ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामग्रीबाट बनेको गृह बनाउने योजना तयार गरिएको छ ।

images.jpg

 यसैगरी बिचपानीसम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्रेकिङ, बिच बिचमा बाटोका सही सङ्केत तथा पथ प्रदर्शकको व्यवस्था गरिने प्रतिबद्धता जारी गरिएको छ ।
भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवद्र्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका लागि आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यका बारेमा जानकारी गराएका थिए । 

Khaptad pic.jpg

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायर, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार