मुम्बई ,महाराष्ट्र फागुन । दिग्गज गायक संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गर्नु भएको छ मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उहाँ डिस्को संगीतको लागि प्रख्यात हुनुहुन्थ्यो । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।
पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताउनु भएको छ । दुःखको खबर प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन । पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम, उहाँले ट्वीट गर्नु भएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना हुनु भएका बप्पी दाको स्लीप एपनियाका कारण उनको निधन भएको बताइएको छ ।डिस्को किङ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । दिग्गज गायक संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उहाँको निधनमा ट्विटरमर्फत शोक व्यक्त गर्नु भएको छ मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो ।
उहाँ डिस्को संगीतको लागि प्रख्यात हुनुहुन्थ्यो । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताउनु भएको छ ।दुःखको खबर प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन । पश्चिम बंगालको जलपाईगुडीमा जन्मनुभएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो ।
उहाँलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम, उहाँले ट्वीट गर्नु भएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना हुनु भएका बप्पी दाको स्लीप एपनियाका कारण उनको निधन भएको बताइएको छ ।डिस्को किङ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । एएनआई