तस्बिरको क्याप्शन : प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई 'वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?' भनेर सोधिएको थियो।
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन : उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। 'बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु।'
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन : टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। 'धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ। तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ?'
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन : उत्तर दिँदै उनले प्रकृतिमा आएको सङ्कट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन्। यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन्। 'रोकथाम र सुरक्षा गर्नु पछुताउनु वा मर्मत गर्नुभन्दा राम्रो हो।'
तस्बिर स्रोत,EPA
तस्बिरको क्याप्शन : मिस कोलम्बिया (बायाँ) र मिस आर्मिनिया (बीच) सँग भारतकी हरनाज सन्धू।
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन : यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए।