२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

"यो देशको तेज बहादुर "

शनिवार , माघ ११, २०७६

"यो देशको तेज बहादुर "

पढ्न जान्ने भएर उसको नाम नै तेज बहादुर राखिएकोअसल मानिस ऊ !
तर बिचरा ऊ त चियामा हालेर पकाउने तेजपात सरह मात्र पनि पो भएनछ !!

विचरा कति कराउॅथ्थ्यो ,
यो देशको शहर मात्र हैन गाऊॅ पनि सहज बनाइदेऊ न अनि गरिखान काम पनि देऊ सरकार स्वर्स ,फोर्स बेगर पनि काम गर्न लगाइदेउन भनेर !

मैले पनि त यस इ इ
(S E E) मा त्रीयान्नब्बे प्रतिशत ल्याएॅ नि ! डाक्टर,इन्जिनियर बन्न सस्तो र पैसै नलाग्ने कलेज खोलिदेउन् सरकार (सत्तासिनहरु )भनेर !

अनि पत्र पत्रिका प्रकाशन हुने प्रेशमा पुगेर कराउॅदा कसैले उसका केही कुरा नसुन्दा मेरो पनि खवर लेखिदिनुन है राज्यले सुन्ने गरि कति खवरहरु मात्र लेख्या भनेर

तर उपाय कतै पाएन उसले न घर बन्यो ,न बाटो खनियो न विकास भयो न त सस्ता कलेजमा पढ्न नै पायो !!

यसैले तेज बहादुर दैनिक ज्यालादारी पो बनेछ तर त्यहाॅ पनि ऊ अत्यन्त मर्म स्वषण र पिडामा परेछ !

यसैले उसलाई घर चलाउन समेत र छाकै टारेन समेत कठीन भएछ !!
कठैबरा , यसैले तेज बहादुरले यो कष्ट पिडा र बेदनि सहन नसकी विष
पो सेवन गरेछ !!

हरे अनि त घर मै पुगेछन लर्को गाडी त्यो पनि पत्रकारका जमात नै लिएर !
सरकारले पनि तिनैका हात खवर पठाएछ किन मरेको होला हामीलाई नभनिकन छ्या भनेर!!

अनि सबैले भनेछन कठै म लेखि दिन्थे नि उसका बारेमा सबै कुरा भनेर राज्य
ले सुन्ने गरि भनेर !

कामै नाथे त यति गतिलो र योग्य मानिसलाई जस्ले पनि दिइन्थ्यो नि कसम धरो धर्म भन्दै कसम समेत खाएर !!

तर तेज बहादुर हारेर गएछ पर पर पर कसैले बोलेको पनि नसुन्ने मायालु मानिस बनेर !
कठै तेज बहादुर
जगतको रितसित एउटा युवा निरुपाय भै पराजित नै पो बनेर ।मनमा रहरहरुको चाङ्ग बोकेर !!!
यो देशको पानी खेर गए झैॅ गरेर

कठै !!!!

😓😪😥

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार