२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्मा

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं , भदौ।कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् ।

परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।केही दिनको तयारीमा आफु म परीक्षा दिन आएको उनले बताइन् ।

यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन करिश्माले भनिन् सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ । हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् । मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले कोरोनाले कलेज छुटाएकोले लेखनमा गाहे हुने हो कि भन्ने अनुमान गरिन् ।कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ ।

सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार