२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

बुधवार , श्रावण ६, २०७८

काठमाडौं, साउन । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए ।

उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार