२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मास्क लामो समय लगाउँदा आउने अप्ठ्यारा के के हुन्रु? समाधान गर्न सकिन्छ?

बिहिवार , जेठ २७, २०७८

कोरोना संक्रमण फैलिनबाट मास्कले जोगाउँछ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। आफू र आसपासका अरूलाई पनि संक्रमण फैलन नदिन मास्कले सहयोग पुर्याउँछ। कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क केही अप्ठ्यारो हुने बताउँछन्। उनीहरूका अप्ठ्यारा सामान्यतया यस्ता हुन्छन्ः  

  • मास्क लगाएपछि सास फेर्न अलि कठिन भएजस्तो हुन
  • मास्कको तुनाले कान दुखाउँने
  • मास्क लगाएको केही छिनमै टाउको भारी भएजस्तो हुने
  • आँखा पोलेजस्तो लाग्छ
  • मास्क लगाएपछि नाकबाट भन्दा मुखबाट सास फेर्न सजिलो लाग्छ र मास्कभित्र मुख प्रायस् आँ नै भएर बस्छ
  • मास्कले ढाकेको भाग चिलाएजस्तो लाग्छ

लामो समय मास्क लगाउँदा दन्त स्वास्थ्यमा पर्ने असरको तुलनामा यी अनुभव निकै सामान्य हुन्। यो लेखमा मास्कको निरन्तर प्रयोगले हाम्रो दन्त स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव र यसका समाधानका उपायबारे चर्चा गरिएको छ।
लामो समय मास्क लगाउँदा आइपर्ने दन्तरमुख स्वास्थ्य समस्यालाई ुमास्क माउथ सिन्ड्रोमु भनिन्छ। अहिले यो जल्दोबल्दो समस्या बनेको छ र दन्त चिकित्सा क्षेत्रमा निकै चर्चा हुन थालेको छ। कोभिड महामारी क्रममा मास्क माउथ सिन्ड्रोमको समस्या लिएर आउने वा समस्याबारे जान्न खोज्नेको संख्या ह्वात्तै बढेको छ।
सास फेर्ने तरिकामा फरक आउनुस्
अध्ययनले देखाएको छ, मास्क लगाएपछि मानिसको श्वासप्रश्वासमा केही छिटो(छिटो सास तान्न मन लाग्नुका साथै सास फेर्न नाकको सट्टा मुख प्रयोग हुन सक्छ। मुखबाट सास फेर्दा थुकको मात्रा कम हुन जान्छ। मुख सुख्खा भएर भित्रको वातावरणमा असर गर्छ। भित्र मिलेर बसेका जीवाणुको संख्या तलमाथि भई हानिकारक जीवाणुले बढ्ने मौका पाउँछ।


डिहाइड्रेसन्स्
दिनभर मास्क लगाउँदा अरू बेलाभन्दा निकै कम पानी पिइन्छ। मुखमा थुकको मात्रा कम भएर सास गनाउने, गिजा सुन्निने, गिजाबाट रगत आउने र लामो समय वास्ता नगरे दाँतमा कीरा लाग्ने समस्यासम्म हुन्छ। 


हावाको पुनः प्रयोग
मास्क लगाउँदा हामीले फ्याँकेको सास सजिलै बाहिर जाँदैन। त्यो कार्बन(डाइअक्साइडयुक्त हावा मास्कभित्रै गुम्सिएर बस्छ। हुन त यसले हाम्रो स्वास्थ्यलाई खासै असर गर्दैन। तर यसले मुखको अम्लीयपन अलि बढाइदिन्छ। हामीले फेरेको तातो सास मास्कभित्रै रहनाले मास्कले ढाकेको ठाउँ ओसिलो हुन्छ र यो ब्याक्टेरिया संख्या बढाउन राम्रो वातावरण बनिदिन्छ।


मास्क माउथ सिन्ड्रोमका प्रमुख लक्षण के - के हुन सक्छन्
मास्क माउथ सिन्ड्रोमका लक्षण व्यक्तिपिच्छे फरक हुन सक्छ। माथि उल्लिखित कारण र व्यक्तिको शारीरिक क्षमतामा पनि भर पर्छ। केही सामान्य समस्या निम्न छन् :


मुख सुख्खा हुनु :
यो प्रायस् मुखमा थुक वा र्यालको कमीले हुन्छ। यसरी सुख्खा हुँदा हामीलाई मुख खोल्न, बोल्न, खान र निल्न अप्ठ्यारो हुन्छ। यो समस्या लामो समय रहे दाँतमा कीरा लाग्नुका साथै मुखभित्र घाउ, खटिरा र संक्रमण देखिन सक्छ।
दिनभर मास्क लगाउँदा अरू बेलाभन्दा निकै कम पानी पिइन्छ। यसले मुख सुख्खा हुन्छ। मुखमा थुकको मात्रा कम भएर सास गनाउने, गिजा सुन्निने, गिजाबाट रगत आउने र लामो समय वास्ता नगरे दाँतमा कीरा लाग्ने समस्यासम्म हुन्छ। 


सास गनाउनु :
मास्क लगाउँदा बढ्ने मुखको सुख्खापन र अम्लीयपनको परिवर्तनले सास गनाउन सक्छ। अझ पहिल्यैदेखि सास गनाउने समस्या भएकामा त यो झन् बढेर जान्छ। 

गिजा सुन्निनु र गिजाबाट रगत आउनु : 
मास्क लगाउन थालेपछि मुखको प्राकृतिक वातावरण बिग्रिन्छ। किटाणुहरूको आपसी सन्तुलन गडबड हुन्छ। अनि गिजा सुन्निने, गिजाबाट रगत आउने, दाँत माझ्दा रगत आउने आदि समस्या पहिलाभन्दा   
बढी हुन सक्छ। 
थुकको मात्रा घट्नुका साथै भित्र मिलेर रहेका जीवाणुमा हुने असन्तुलनले मौका छोपी बसेका जीवाणुको संख्या अत्यधिक बढ्छ र क्यान्डिड संक्रमण हुन सक्छ। मुखभित्र, जिब्रो आदिमा सेता र सफा गर्दा नजाने लेठ जम्न सक्छ।


क्यान्डिड संक्रमण देखिनु:
थुकको मात्रा घट्नुका साथै भित्र मिलेर रहेका जीवाणुमा हुने असन्तुलनले मौका छोपी बसेका जीवाणुको संख्या अत्यधिक बढ्छ र क्यान्डिड संक्रमण हुन सक्छ। मुखभित्र, जिब्रो आदिमा सेता र सफा गर्दा नजाने लेठ जम्न सक्छ।

ओठ फुट्नु वा ओठको कुनामा घाउ आउनु :
लामो समय मास्क लगाउँदा मास्कले छोपिएको भागमा तातो र ओसिलो वातावरण पैदा हुन्छ। यो वातावरण ब्याक्टेरियाको संख्या अत्यधिक वृद्धि हुन अनुकूल बन्छ। अनि ओठ फुट्ने, ओठको कुनामा घाउ आउने समस्या हुन्छ।

मास्क माउथ सिन्ड्रोमबाट बच्ने वा कम गर्ने उपायहरू निम्न छन् :
१. सफा मास्क लगाउने :
प्रत्येक दिन मास्क फेर्नुपर्छ। कपडाको मास्क लगाउने हो भने सफासँग धोएर र राम्ररी सुकाएर मात्र लगाउनुपर्छ।
२. सास सही तरिकाले  फेर्ने:
मास्क लगाउँदा पनि अरू बेलाजस्तै सकेसम्म नाकबाटै सास फेर्नुपर्छ। सुरूमा गाह्रोजस्तो लागे पनि विस्तारै बानी पार्नुपर्छ, ताकि मास्कभित्र मुख बन्द अवस्थामा रहोस् र सुख्खा हुने समस्या नहोस्।  
३. दन्त स्वास्थ्यको विशेष हेरचाह गर्ने :
मास्क नलगाउँदाको सामान्य समयमा भन्दा मास्क लगाएको अवस्थामा दाँत र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

  •  दिनको दुईपटक अनिवार्य दाँत माझ्ने
  •  केही खानेबित्तिकै पानीले राम्ररी कुल्ला गर्ने
  • बिहान, बेलुका दाँत माझ्दा जिब्रोलाई राम्रोसँग विस्तारै सफा गर्न
  •  मनतातो नुनपानी वा चिनीरअल्कोहल नभएको माउथ वासले कम्तीमा दिनको एकपटक मुख राम्ररी कुल्ला गर्ने
  •  
  • ४ . दाँत र गिजामा विशेष ध्यान दिने :
    मास्क लगाउन थालेपछि कतै दाँतमा नयाँ कीरा लागेका सेता, खैरा, काला दाग छन् कि, गिजा सुन्निएको छ कि, माझ्दा
  • ५ पानी र अन्य झोल पदार्थ प्रशस्त पिउनेस्
    शरीरमा पानीको मात्रा कम भए मुख सुख्खा हुन्छ। त्यसैले बेलाबेला आवश्यकताअनुसार पानी पिएर शरीरलाई हाइड्रेटेड राख्ने। 


हावाको पुन : प्रयोग
मास्क लगाउँदा हामीले फ्याँकेको सास सजिलै बाहिर जाँदैन। त्यो कार्बन(डाइअक्साइडयुक्त हावा मास्कभित्रै गुम्सिएर बस्छ। हुन त यसले हाम्रो स्वास्थ्यलाई खासै असर गर्दैन। तर यसले मुखको अम्लीयपन अलि बढाइदिन्छ। हामीले फेरेको तातो सास मास्कभित्रै रहनाले मास्कले ढाकेको ठाउँ ओसिलो हुन्छ र यो ब्याक्टेरिया संख्या बढाउन राम्रो वातावरण बनिदिन्छ।

मास्क माउथ सिन्ड्रोमका प्रमुख लक्षण के(के हुन सक्छन् :
 मास्क माउथ सिन्ड्रोमबाट बच्ने वा कम गर्ने उपायहरू निम्न छन :


१ सफा मास्क लगाउनेस्
प्रत्येक दिन मास्क फेर्नुपर्छ। कपडाको मास्क लगाउने हो भने सफासँग धोएर र राम्ररी सुकाएर मात्र लगाउनुपर्छ।
२ सास सही तरिकाले  फेर्ने
मास्क लगाउँदा पनि अरू बेलाजस्तै सकेसम्म नाकबाटै सास फेर्नुपर्छ। सुरूमा गाह्रोजस्तो लागे पनि विस्तारै बानी पार्नुपर्छ, ताकि मास्कभित्र मुख बन्द अवस्थामा रहोस् र सुख्खा हुने समस्या नहोस्।  
३ दन्त स्वास्थ्यको विशेष हेरचाह गर्नेस्
मास्क नलगाउँदाको सामान्य समयमा भन्दा मास्क लगाएको अवस्थामा दाँत र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।


दिनको दुईपटक अनिवार्य दाँत माझ्ने
( केही खानेबित्तिकै पानीले राम्ररी कुल्ला गर्ने
( बिहान, बेलुका दाँत माझ्दा जिब्रोलाई राम्रोसँग विस्तारै सफा गर्ने
( मनतातो नुनपानी वा चिनीरअल्कोहल नभएको माउथ वासले कम्तीमा दिनको एकपटक मुख राम्ररी कुल्ला गर्ने
४। दाँत र गिजामा विशेष ध्यान दिनेस्
मास्क लगाउन थालेपछि कतै दाँतमा नयाँ कीरा लागेका सेता, खैरा, काला दाग छन् कि, गिजा सुन्निएको छ कि, माझ्दा रगत आउँछ कि आदि जस्ता कुरा ख्याल राख्ने।
५। पानी र अन्य झोल पदार्थ प्रशस्त पिउनेस्
शरीरमा पानीको मात्रा कम भए मुख सुख्खा हुन्छ। त्यसैले बेलाबेला आवश्यकताअनुसार पानी पिएर शरीरलाई हाइड्रेटेड राख्ने। 
६। खानामा भिटामिन सीको मात्रा बढाउनेस्
आफूले खाने खानामा भिटामिन सीको मात्रा बढाउन ताजा फलफूल, हरिया सागसब्जी आदिमा जोड दिने। सबैजसो गुलिया, चटपटे, मुखमा अड्केर बस्ने खाना र पत्रु ९जंक खाना हटाई पोषिला खाना बढी मात्रामा खाने।
माथि उल्लिखित घरेलु उपायले समस्या समाधान नभए दन्त चिकित्सक वा सेवाकर्मीसँग सुझाव(सल्लाह लिनुपर्छ। हाल निषेधाज्ञामा आफ्ना चिकित्सकसँग सम्पर्क गर्न मुश्किल हुने भएकाले नेपाल डेन्टल एसोसिएसनले आफ्ना दन्त चिकित्सकहरूद्वारा निस्शुल्क सल्लाह दिने व्यवस्था मिलाएको छ।


  
( लेखक  : डा. कोइराला नेपाल डेन्टल एसोसिएसनका पूर्वअध्यक्ष हुन्।)

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार