२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सीसीएमसी बैठक

कोभिड-१९ संकट : 'संक्रमण भयावह बन्दै , हवाइ उडान रोक्नुपर्ने निष्कर्ष '

'उपप्रधानमन्त्री पोखरेलले प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी , सीसीएमसीको सिफारिसमाथि निर्णय हुने'

शनिवार , बैशाख १८, २०७८

काठमाडौं, बैशाख । काेराेना संक्रमणाले गम्भीर बन्दै गएपछी शुक्रबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबारको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

सीसीएमसी स्रोतका अनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएका छन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।

हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन । अहीले सञ्चालनमा छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार