२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल राष्ट्र बैंकले भन्याे

रेमिट्यान्समा ८.६ प्रतिशतले वृद्वि : 'आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व'

मंगलवार , चैत्र ३१, २०७७

काठमाडौं, चैत । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ ।

गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व भन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आ.वमा पाँच खर्व ९१ अर्व रेमिटयान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार