२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एनसीसी बैङ्क : 'अटो चालकलाई क्युआर कोड , अनलाइनबाटै भुक्तानी गर्न मिल्ने '

शनिवार , फाल्गुण २९, २०७७

विराटनगर, फागुन ।  विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।
शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।
नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रह समेत गरे ।
 
 
Image.jpeg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार