२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : " ३.४ अंकले घट्याे "

बुधवार , फाल्गुण २६, २०७७

काठमाडौं,  फागुन । सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घट्न पुग्यो ।

साताको पहिलो दिनदेखि निरन्तर घटेको कारोबार रकममा बुधबार पनि संकुचन देखिएको छ यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ ।

मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ । बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो ।

जुन मंगलबारको तुलानमा धेरै कम हो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो । लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो ।

बुधबार चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तिय संस्था, शिखर इन्स्योरेन्सका लगानीकर्ताको बजारबाट ४ प्रतिशतसम्म नोक्सानी ब्यहोरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार