२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय गौरवका आयोजना : " कहाँ - कहाँ सम्पन्न हुने चरणमा छन त ? "

आइतवार , फाल्गुण २, २०७७

काठमाडौं, माघ। राष्ट्रिय गौरवका आयोजनाको कुल सङ्ख्या २५ रहेकोमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा छन् ।

आव २०७६÷७७ सम्मको भौतिक प्रगति माथिल्लो तामाकोसीको ९९.७३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत छ ।

दुई दशकअघि २०५५ सालदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा छ । कुल ३१ अर्ब ३६ करोड रुपियाँ संशोधित लागत रहेको यो आयोजनामा २९ अर्ब ४६ करोड रुपियाँ खर्च भइसकेको छ ।

चालू आर्थिक वर्षमा पाँच अर्ब ४६ करोड ४५ लाख रुपियाँ विनियोजन भएकोमा पुससम्ममा ५८ करोड १९ लाख रुपियाँ खर्च भएको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट चैतभरिमा परीक्षण उत्पादन गर्ने लक्ष्य छ । प्रायः सबै काम सम्पन्न भइसकेको तर ‘एक्स्टेन्सन ज्वाइन्ट’मा प्रयोग हुने सय मिटर पाइपको डिजाइन परिवर्तन गर्नुपरेको र सो पाइप भारतमा निर्माण भइर चैत मसान्तसम्ममा छमध्ये एक युनिट (७६ मेगावाट)बाट परीक्षण उत्पादन हुने जानकारी उहाँ पुससम्ममा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब १२ करोड रुपियाँ खर्च भई कामले तीव्रता पाएको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका केही उपकरण जडान गर्ने कार्य बाँकी छन् । तीन हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिल निर्माण सम्पन्न भइसकेको छ ।

चालू आर्थिक वर्षमा चार अर्ब ७२ करोड ५० लाख रुपियाँ विनियोजनगरिएकोमध्ये पुससम्ममा दुई अर्ब ९८ करोड रुपियाँ खर्च भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार