२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल आयल निगम : ' पेट्रोलियम पदाथमा मूल्य वृद्धि'

बिहिवार , माघ २९, २०७७

काठमाडौं, माघ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले खाना पकाउने ग्यासमा लामो समयपछि मूल्यवृद्धि गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ । निगमले दैनिक साढे ६ करोड बराबरको नोक्सानी हुँदै आएको भन्दै पेट्रोलियम पदार्थको भाउ बढाउनु पर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार