२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से कारोबार : " सबैजसो सूचकमा गिरावट"

आइतवार , माघ १८, २०७७

काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार परिसूचक घटेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २ हजार ३७० दशमलव ५४ मा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ भने नेप्सेमा कारोबार हुने सबैजसो सूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै फाइनान्स समूह ४ प्रतिशतभन्दा धेरैले घटेको छ भने बैंकिङ र बिमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटेपनि प्रभु लाइफलगायतका कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ ।

आइतबार दिनभर भएका ९६ हजार १५६ कारोबारबाट १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार