काठमाडौं, माघ । भारत- नेपाललाई थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको छ । ऊर्जासम्बद्ध नेपाल - भारत संयुक्त प्राविधिक समूहको बैठकमा सो कुराको सशमति भएको हो । उक्त थप बिजुली भारतले ढल्बेकबर मुजफ्फरपुर ४०० केभीको प्रशारण लाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।
यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।
जाडो मौसमका कारण साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठिन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।
हाल भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० देखि ७०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८०० मेगावाटसम्म पुग्नेछ । अहिले प्रणालीमा १४६४ मेगावाटको पिक लोड छ । त्यसमध्ये करिब साढे ७ सय मेगावाट बिजुलीको माग आन्तरिक उत्पादनले धानेको छ ।
हालसालै नेपालले ढल्केबरमा ४०० केभीको सबस्टेसन तयार गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । यो सबस्टेसन बनेपछि ढल्केबारबाट एक हजार मेगावाटसम्म बिजुली ल्याउन बाटो खुलेको छ ।