२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ तोलामा थाेरै बढ्यो

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, पुस । सुनको मूल्य शुक्रबार पनि एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको बिहीबार ९३ हजार ६ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार