२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य : 'बुधबार नाैसय घटेको बिहीबार तोलामा सय बढ्यो'

बिहिवार , पौष ९, २०७७

काठमाडौं, पुस ।  सुनको मूल्य तोलामा सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने एक सय रुपैयाँ बढेको हो । ​

यसअधि आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९ सय रुपैयाँ बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ पुगेको थियो।

त्यसमा मंगलबार ३ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यही भाउमा बिहीबार एक सय रुपैयाँमात्र बढेको महासंघले जनाएको छ ।  यस्तै चाँदी भने तोलामा १५ रुपैयाँ बढेर तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार