काठमाडौँ, पुस । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको जनाएकाे छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दो छ ।
आर्थिक वर्ष २०७७/७८ को चार महिनाको नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्कमा आधारित रहेर जनाएकाे हाे । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार, अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा पनि ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । २०७७ कात्तिकमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्र
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ४.९ प्रतिशतले र विकास बैङ्कहरूको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको छ ।
२०७७ कात्तिक मसान्तमा राष्ट्र बैङ्कबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा पाँच अर्ब ९६ करोड लगानीमा रहेको छ । त्यसमध्ये साधारण पुनर्कर्जा पाँच अर्ब सात करोड र भूकम्प पीडितलाई निजी आवास निर्माण गर्न प्रदान गरिएको पुनर्कर्जा ९० करोड रहेको छ । सो अवधिसम्ममा ४६ हजार ३४३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७९ अर्ब ७५ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई प्रवाह भएको ६५ अर्ब ३० करोड कर्जा रहेको छ भ
आर्थिक वर्ष २०७७/७८ को चार महिनामा वाणिज्य बैङ्कहरूको ७१ अर्ब ८८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कहरूबीच बाहेक) को ६१ अर्ब २० करोड गरी कुल १३३ अर्ब आठ करोडको अन्तर–बैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको ६९७ अर्ब दुई करोड र अन्य वित्तीय संस्थाहरूको ५८ अर्ब २३ करोड गरी कुल ७५५ अर्ब २५ करोड अन्तर–बैङ्क कारोबार भएको थियो ।