२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

शुक्रवार , पौष ३, २०७७

काठमाडौं, पुस । शुक्रबार स्थानीय बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।

हिजो बिहीबार ९३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।

सोही परिणामको तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँ पर्नेछ ।

यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार