काठमाडौं, पुस । सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३०० मा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एकसय रुपैयाँ तोकिएको छ ।
सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो । तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार १ हजार २०० प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बुधबार १ हजार २३० रुपैयाँ कायम भएको छ ।