२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य

शुक्रवार , मंसिर ५, २०७७

  काठमाडौँ, मङ्सिर  । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ। बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ। 

चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार