काठमाडौं, कात्तिक । साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २ दशमलव ३९ अंकले ओरालो लागे नेप्से परिसूचक १६४० दशमलव ६५ अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम भने १ अर्ब ७५ करोबार भन्दा धेरै देखिएको छ ।
दिनभर भएका २४ हजार ८२ कारोबारबाट २०२ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार कारोबार रकम १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।