२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने

सोमवार , आश्विन २६, २०७७

काठमाडौं, असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घटस्थापनाको भोलिपल्ट अर्थात कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।

त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ ।

तर च्याङ्ग्रा ल्याउनका लागि भने समस्या देखिएको खनालले बताउनुभयो ।

गत वर्ष ५ सय ४० रुपैयाँ प्रतिकिलो तिरेर ल्याइएको च्याङ्ग्रा यस वर्ष मुस्ताङमै ६ सय रुपैयाँ पर्ने खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार