काठमाडौं, भदाै । चालु आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । सरकारले भने ७ प्रतिशत हाराहारीमा रहने अनुमान गरेकाे छ ।
एडीबीले गत अपि्लमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधि खुम्चन पुगेकाे जनाइएकाे छ ।
एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीकाे छ ।
बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ ।
एडीबीको तथ्यांक अनुसार सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन । दक्षिण एसियामा माल्दिभ्सले फड्को मार्ने, नेपाल र अफगानिस्थान सबैभन्दा कमजोर
दक्षिण एसियाली मुलुकमा पर्यटन अर्थतन्त्रको मूख्य आधार भएका मुलुकको कुल गार्हस्थ उत्पादन सन् २०२० मा नराम्रोसँग खुम्चन पुग्यो ।
तर, चालु आवमा तीन मुलुकले भने फड्को मार्नेछ । किनकी सन् २०२० मा ती मुलुकको जीडीपी अत्यन्तै तल गिरेको छ । सन् २०२० मा माल्दिभ्सको आर्थिक वृद्धिदर -२०.५ प्रतिशत कायम रहने प्रक्षेपण एडीबीको रहेको छ ।
सन् २०२१ मा यो चोटबाट मुलुकहरु क्रमशः माथि उठ्न थाल्नेछन् । माल्दिभ्सले चालु आवमा सबैभन्दा बढी १०.५ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने अनुमान एडीबीले गरेको छ । -९ प्रतिशतले खुम्चिएको भारत पनि चालु आवमा भने उठ्नेछ ।
भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसावले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।
दक्षिण एसियाली मुलुक (प्रतिशतमा) :
| मुलुक |
सन् २०१९ |
सन् २०२० |
सन् २०२१ |
| अफगानिस्तान |
३ |
-५ |
१.५ |
| बंगलादेश |
८.२ |
५.२ |
६.८ |
| भुटान |
४.४ |
२.४ |
१.७ |
| भारत |
४.२ |
-९ |
८ |
| माल्दिभ्स |
५.९ |
-२०.५ |
१०.५ |
| नेपाल |
७ |
२.३ |
१.५ |
| पाकिस्तान |
१.९ |
-०.४ |
२ |
| श्रीलंका |
२.३ |
-५.५ |
४.१ |
| समग्र दक्षिण एसिया |
४.३ |
-६.८ |
७.१ |