२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अनलाइन डेलिभरी : 'मध्याह्न १२ देखि ७ बजेसम्म गर्न पाइने'

बुधवार , भाद्र २४, २०७७

 

काठमाडौं, भदाै  । काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सतर्कता भने अनिवार्य रुपमा अपनाउनु पर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

कोरोना महामारीको जोखिम जारी रहे पनि आर्थिक गतिविधि ठप्प हुन नदिन मात्रै निषेधाज्ञा खुकुलो बनाइएको दाहालले बताए ।

उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा सुरु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार