२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

रेल मार्ग बनाउने विवादित ठेक्का रद्द

मंगलवार , भाद्र २३, २०७७

 काठमाडौं, भदौ  ।  रेल मार्ग बनाउने विवादित ठेक्का रद्द भएको छ ।
 
रेल विभागले मंगलबार ठेक्का रद्द गरिएको बारे सार्वजनिक सूचनासमेत जारी गरेको छ । यससँगै रेल विभागले रेलमार्ग (ट्रयाक बेड निर्माण) का लागि आव्हान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द भएको छ ।

सार्वजनिक खरिद ऐन, महालेखा परीक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभई राजनीतिक पहुँच र प्रभावका आधारमा आव्हान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो ।


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार