२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जयनगर–जनकपुर रेल

रेल सञ्चालनकाे तयारी : 'कर्मचारी भारतबाट ल्याइँदै'

सिनियर सेक्सनल इन्जिनियरदेखि प्वाइन्ट म्यानसम्मका २६ कर्मचारी ल्याइने

शनिवार , भाद्र ६, २०७७

 

काठमाडौँ, भदाै । नेपालले जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनकाे तयारी गरेकाे छ । यसका   लागि  कमर्चारी माग भयाे । तर नेपाली कर्मचारी  पाइएन । नपाएपछि अब भारतबाट ल्याइने भएको छ ।
रेलवे कम्पनीले अाबश्यक पने  गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाए । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन  परेन । अाबेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको छ । यसरी ल्याइएका  सबै कर्मचारी करारमा राखिनेछन ।

नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागले  जनाएकाे छ ।  दुई देशका अधिकारीबीच अनलाइन बैठक भयाे । त्यही  बैठकमा  रेल चालक र प्राविधिक माग गरिएको जनाइएकाे छ । 

‘नेपालमै विज्ञापन गरेर कर्मचारी माग गरियो । तर आवेदन नै परेन,’ उनले भने, ‘त्यसैले भारतबाटै कर्मचारी ल्याउन खोजिएको हो ।’ उनका अनुसार रेल आएसँगै कर्मचारी पनि आउनेछन् ।

‘भारतीय पक्ष पनि छिटो रेल चलाउनुपर्छ भन्नेमा छ, उनीहरूले सहयोग गर्न तयार छौं भनेका छन्,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग पनि कुरा भइसकेको छ ।’ यो काम रेलवे कम्पनीमार्फत हुनेछ ।

सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको छ । अब विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिनेछ ।

भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना ल्याइनेछ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३/३ जना ल्याइनेछ । भदौ ३० गते दुवै रेल सेट ल्याउने तयारी भएको छ ।

‘लकडाउनले अन्योल बढाइदियो, निषेधाज्ञा कति दिन लम्बिन्छ, थाहा छैन,’  ‘एक हप्ता मात्र भए केही भएन, तर लम्बियो भने ल्याउने समय पनि लम्बिन सक्छ ।’

रेल सेट खरिदका लागि सरकारले ८४ करोड ६५ लाख बजेट छुट्याएको थियो । यसमध्ये २० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ ।

८० प्रतिशत भुक्तानी भने रेल ल्याएर परीक्षण गरेपछि मात्र गरिनेछ ।‘कोरोनाका संक्रमित बढेपछि एक साताका लागि फेरि निषेधाज्ञा जारी भएको छ,’ । , ‘अवस्था कस्तो हुन्छ, थाहा छैन, सहज भयो भने तोकिएकै समयमा रेल आउनेछ ।’ अहिले रेल सेट पटना नजिकै हाजिपुरमा राखिएको छ ।

‘भदौ ३० मा हस्तान्तरण गर्ने कुरा छ,’ । ‘छिटो लैजान भनिएको छ, ल्याउन फेरि म्याद थपिएको हो ।’ असार मसान्तमै लग्न भनिएको थियो । कोरोनाले भनेको समयमा ल्याउन सकिएकाे छैन ।

‘त्यसपछि दुई महिना म्याद थपिएको हो,’ उनले भने, ‘अब यो महिनाभित्र ल्याउनुपर्छ, ल्याउन नसके फेरि म्याद थप्नुपर्छ ।’ रेल ल्याउन समस्या छैन । 

‘रेलमा एक वर्षको वारेन्टी हुन्छ, यसमा कम्पनीको पनि बैंक ग्यारेन्टी लिनेछौं,’ मिश्रले भने, ‘एक वर्षभित्र रेल बिग्रिए वा कुनै खराबी आए कम्पनीले नै बनाइदिनुपर्छ ।’ सुरुमा जनकपुर–कुर्थाको ३५ किमि दूरीमा रेल चल्ने भनिएको थियो ।

रेल सेट आउँदासम्म थप १७ किमि बिजलपुरासम्म रेल ट्र्याक तयार हुने भएकाले उक्त स्थानसम्म चलाउने तयारी छ । यो सबै गरेर ५२ किमि हुनेछ । अहिले दुवै रेल सेट जनकपुरदेखि करिब चार घण्टाको दूरीमा रहेको जनाइएकाे छ । 

माघ तेस्रो साताबाट रेल सञ्चालनमा आउने बताइएको थियो । तर समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको थियो । अहिले कोरोनाले गर्दा ढिलाइ भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार