२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य तोलामा दुई सय रुपैंयाँ बढ्यो

मंगलवार , श्रावण २०, २०७७

काठमाडौँ, साउन । छापावाल सुनको मूल्य आज(मंगलबार) तोलामा दुई सय रुपैंयाँ बढेर ९९ हजार ८ सय पुगेको छ ।

आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ । चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको छ ।

अहिले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।

कोरोना भाइरसको महामारीपछि विश्वभर सुनको मूल्य बढिरहेको छ ।

सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार