काठमाडौं साउन। आइतवार एक घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक ४ दशमलव शून्य ६ अंक बढेको छ ।
उक्त अवधिमा परिसूचक शून्य दशमलव २८ प्रतिशत बढेर १ हजार ४४६ दशमलव ७६ विन्दुमा पुगेको हो । एक घण्टामा १६६ ओटा कम्पनीको ८ हजार ३७ पटकको व्यापारमा रू. ४३ करोड ३९ लाख ९३ हजार बराबरको ८ लाख ४५ हजार ९५८ कित्ता शेयर कारोबार भएको छ ।
यो अवधिसम्म सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको एक घण्टाको कारोबार अवधिमा रू. ९ करोड ३ लाख २७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
उक्त कम्पनीको शेयरमूल्य यस अवधिसम्म रू. १३ ले घटेको छ । मिथिला लघुवित्तको शेयरमूल्य आइतवार बढेको छ । एक घण्टामा ६ दशमलव ८८ प्रतिशतले यो कम्पनीको शेयरमूल्य बढेको हो ।
ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १८ अंकले बढेर ३०५ दशमलव १२ विन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहहरुमध्ये वैंकिङको शून्य दशमलव २५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत, अन्यको शून्य दशमलव शून्य ७ प्रतिशत, लघुवित्तको शून्य दशमलव १८ प्रतिशत र जीवन बीमा समूहको १ दशमलव ४७ प्रतिशत बढेको छ ।
उक्त अवधिसम्ममा जीवन बीमा समूहका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् ।