२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

बिहिवार , श्रावण ८, २०७७

काठमाडौं, साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो । उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ ।

अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ । कोरोनाको सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार