२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण ७, २०७७

  काठमाडौँ, साउन । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन ८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार