२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तोलामा ५ सयले घट्यो सुनको भाउ

शुक्रवार , श्रावण २, २०७७

काठमाडौं, साउन । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर आज  तोलाको ९ सय ९५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार