काठमाडौं, असार । बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ५ सयले बढेको छ ।
महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार भने तोलामा ९१ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार २६५ मा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाले बढेर ९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।