काठमाडौं, जेठ । संघीय संसदकाे मंगलबारकाे बैठकमा सांसदले उठाएका प्रश्नकाे जवाफ क्रममा दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नलिने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
विनीयोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रहित प्रतिकूल हुने गरी विकास सहयोग स्वीकार नगर्ने बताए । उनले भने,
‘विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा सैन्य गठबन्धनमा सहभागी हुँदैन’ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सांसदहरूले सोधेका प्रश्नकाे जवाफमा, ‘भविष्यमा राष्ट्र हित प्रतिकूल हुने गरी सहयोग लिइने छैन भन्ने आग्रह गर्न चाहन्छु ।’
उनको भनाई छ, एमसीसीको सन्दर्भमा बहस गर्दा आत्मविश्वासमा कमी देखिएको छ । ज्ञवालीले भने, ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने गरीको छलफलले हाम्रो राष्ट्रिय हितलाई बलियो बनाउँदैन, हाम्रो आत्मविश्वासको कमीलाई मात्रै त्यसले प्रदर्शन गर्छ । यस्तो अनावश्यक बहसमा नअल्झन आग्रह गर्दछु ।’