२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आगामी वर्ष : "१३ सय मेगावाट बिजुली थपिने"

नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना

बिहिवार , जेठ १५, २०७७

काठमाडौं, जेठ  । सरकारले आगामी वर्ष एकहजार तीनसय मेगावाट बिजुली थपिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ।

यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन्। माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ ।

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्लालगायतका आयोजनाहरू पनि अघि बढाइने खतिवडाले बताएका छन् ।

यस्तै, नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना पनि सरकारले बजेटमा ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार