काठमाडौँ, जेठ । सरकारले ल्याएकाे अागामी अा.व. काे बजेटमा विद्युत् उपभोगमा बजेट वक्तव्यमार्फत विभिन्न छुटको व्यवस्था गरिएको छ । बजेटमा मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई नि:शुल्क, १५० युनिटसम्ममा २५ प्रतिशत र २५० युनिटसम्ममा १५ प्रतिशत छुट दिने बजेटमा ब्यवस्था गरीएकाे उल्लेख छ ।
कोरोना जोखिम अवधिभर उद्योगहरूमा लिइँदै आएको डिमान्ड शुल्क हटाइएको छ भने कम माग हुने समयको विद्युत् खपतमा महसुलमा ५० प्रतिशत छुट हुनेछ ।
हवाई कम्पनीहरूका लागि पार्किङ सुल्क लाइसेन्स नवीकरण तथा पूर्वाधार करमा छुट दिइएको छ । निर्माण व्यवसायीलाई लक्षित गर्दै बन्दाबन्दीको अवधिभर ठेक्का अवधि र बैंक ग्यारेन्टीको अवधि थप गरिएको छ ।
नव प्रवर्तनकारी उद्योग सञ्चालन गर्न चाहनेका लागि २ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेगरी नवप्रवर्तन सुरुवाती कोष स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा उल्लेख गर्नुभएकाे छ ।