काठमाडौं, बैशाख । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ सा निर्धारण गरेको छ । पछिल्ला दिनहरुमा फेरि डलरको भाउ चुलिन थालेको छ । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ ।
यस्तै, सेयर बजारहरु पनि तल झरेका छन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।