२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

सोमवार , बैशाख १, २०७७

काठमाडौं, बैशाख  ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनलाई २९ चैतदेखि लागू हुने गरी अर्को एक कार्यकालका लागि पुनः नियुक्त गरिएको थियो । 

श्रेष्ठले पदबहाली गर्दै बैंकको आव ०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेको जनाइएको छ । बैंकले ७७ जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार