काठमाडौं, चैत । नेपाल राष्ट्र बैंकले आइतबार (चैत २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५० रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
