२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एनआईसी एशियाद्वारा प्रदेश १ का मजदुरलाई ५ लाख बराबरको खाद्यान्‍न

शुक्रवार , चैत्र २१, २०७६

काठमाडौं, चैत ।  एनआईसी एशिया बैंकले दैनिक ज्याला मजदुरी गर्नेलाई राहत स्वरुप खाद्यान्‍न सहयोग गरेको छ । 

बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायत खाद्यान्‍न सामग्री वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई सहयोग गरेको जानकारी दिएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई खाद्यान्‍न सामग्री हस्तान्तरण गरे । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्ने का लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबरको खाद्यान्‍न सामग्री वितरण गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार