२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

डलरकाे भाउ बढ्याे

सोमवार , चैत्र १७, २०७६

काठमाडौं, चैत । गएको हप्ता केही ओरालो लागेको डलरको भाउ साेमबार फेरि थोरै बढेको छ ।

साेमबार ८ पैसा बढेर अमेरिकी डलर १ को  बिक्रीदर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो ।

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार