काठमाडौँ, चैत । एनआईसी एसिया बैंक र काठमाण्डौको हायात रिजेन्सी होटलबीच समझदारी (एमओयू) भएको छ । होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच सम्झौता भएको हो ।
यो योजना एक वर्षसम्मको लागि लागु हुने बैंक र होटलको समझदारी छ । समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फुड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । यो योजना बैंकका कर्मचारीहरूमा पनि लागु हुनेछ ।
यसैगरी ग्राहक महानुभावहरूले देशभरका दुई हजार चार सयभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिइ कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।