२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन : तोलामा ८०० रुपैयाँले घट्यो मूल्य

बिहिवार , फाल्गुण २९, २०७६

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ८०० घटेर तोलामा ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ८१ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 
यस्तै चाँदी तोलामा रु २० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार