काठमाडौं, फागुन । एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गर्दै महिला ग्राहकहरूलाई विशेष योजना ल्याएको छ।
योजनाअन्तर्गत नारी दिवसका दिन बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
बैंकका महिला ग्राहकहरूले माे-बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।
तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको बैंकले जनाएको छ । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।